त्रिभुवनचन्द्र वाग्ले

नेपाली साहित्यिक पत्रकारिताको मानक बोकेको एकमात्र सरकारी साहित्यिक पत्रिका ‘मधुपर्क’ मासिकमा त्रिभुवनचन्द्र वाग्ले भित्रिएका छन् । उनी नायव कार्यकारी सम्पादकका रूपमा मधुपर्कमा प्रवेश गरेका हुन् । यसअघि उनको स्थानमा साहित्यकार एवं पत्रकार अभय श्रेष्ठ कार्यरत थिए । सम्पादकका रुपमा जयदेव भट्टराई मधुपर्कमा लामो समयदेखि कार्यरत छन् ।

सरकार परिवर्तनसँगै नेपाली काङ्ग्रेस निकट मानिने त्रिभुवनचन्द्र वाग्लेको प्रवेश भएको बताइएको छ । सम्पादक जयदेव भट्टराई एवं नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्लेको नेतृत्वमा २०७८ साल असोज महिनाको मधुपर्क बजारमा आइसकेको छ ।

इसान परियारको कभर पृष्ठसहित बजारमा आएको अशोज अङ्कलाई मधुपर्कले ‘स्त्री चेत विशेष’ बनाएको छ । पत्रिकामा स्त्री चेतनाका विश्वप्रशिद्ध आलेखहरु समेटिएका छन् ।

पत्रिकामा डा. गोविन्दसिंह रावत, गोपाल अश्क, सिन्धु गौतम, कृष्णराज खनालका आख्यानात्मक सामग्री समेटिएका छन् ।
त्यसैगरी कवितातर्फ गोपालप्रसाद रिमाल, स्मृता स्मृति, ज्योति जङ्गल, पूर्ण वैध, अविनास श्रेष्ठ, तीर्थ श्रेष्ठ, डा. पद्मा अर्याल, रामेश्वर राउत, मातृदास, कृष्ण बाउसे, सुवदी गुरागाइ, जानू धिताल, दीपा राई पुन, वियोगी बुढाथोकी, विश्वविमोहन श्रेष्ठ जस्ता चर्चित कविहरुका कविता सङ्कलित छन् ।