Chovar Blues Mobile Size

तिब्बती शरणार्थीमाथि लेखिएको उपन्यास ‘दुङाल’माथि हालै छलफल कार्यक्रम सम्पन्न गरियो ।

हरेक पल मिडियाले आयोजना गरेको छलफल कार्यक्रममा लेखक मालिका केशरी, समीक्षक राजकुमार बानियाँ, पत्रकार प्रकाश थापा लगायत अन्यले पुस्तकको महत्ताका बारेमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै समीक्षक बानियाँले लेखक मालिका केशरीले मानव अधिकारको दृष्टिबाट आख्यान नलेखिएको र त्यो पनि सुबोध्य तरिकाले लेख्नु साँच्चिकै कठिनसाध्य प्रयास भएको बताउनुभयो ।

‘संसारभरि पाँच करोडभन्दा बढी मानिसहरु शरणार्थी छन् तर तिनका बारेमा कसैले सोचेका थिएनन्,’ बानियाँले भन्नुभयो, ‘मालिका केशरीको दुङालले उहाँको लेखनीलाई अझ माथि पुर्याएको छ ।’

यसअघि केशरीको उपन्यास ‘सुवर्णलता’ निकै सशक्त उपन्यास भए पनि चर्चा नभएको बताउँदै यो उपन्यासले अझ अर्को उचाइ हासिल गरेको समीक्षक बानियाँले बताउनुभयो ।

छलफलको पूरा भिडियो हेर्नुहोस्ः