सिर्जन अविरलको उपन्यास ‘मोक्ष’ गएको शनिबार चितवनमा एक कार्यक्रमका बीच विमोचन गरियो ।
कार्यक्रमका प्रमुख अतिथि निमेष निखिलले कृतिकार सिर्जन अविरलको कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । यस्तै समालोचक डा. धनेश्वर भट्टराईले उपन्यासका बारेमा समीक्षा गर्नुभएको थियो भने लेखक सिर्जन अविरलले जनयुद्धको वातावरण र घटनाक्रमलाई वास्तविक रुपमा पेश गर्ने जमर्को गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा कवि एल.बी. क्षेत्री, बामपन्थी नेता मुक्ति अधिकारी, प्रेम रिमालले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कवि उदय अधिकारी र कार्यक्रमको सभापतित्व अंकुरम एकेडेमीका प्रमुख सुमन पौडेलले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष द्वारिका नेपालले गर्नुभएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला