एउटा मानिसले आफ्नो आमाबुबा प्रति कस्तो सोच राख्ला ?
कस्तो धारणा बनाउला ? माया र साथ सहयोग कति गर्ला ?

आमाबुबा साँच्चिकैको भगवान् हुन् कि सन्तान उत्पादन गरिदिने प्राणी मात्र ? यी कुरामा हरेक व्यक्तिको फरकफरक सोचाइ, बुझाइ र भोगाइ हुन्छन् ।

आमाबुबाका विषयमा संसार कति कृति सिर्जना भए, कति सिनेमा, गीत, कथा कविता र अन्य रचनाहरु भए ? तुलनात्मक रुपमा अन्य विषयभन्दा अत्यन्त कम नै छन् ।

नेपालमा पनि आमाबुबासम्बन्धी सिर्जनाहरु कमै छन् । यही आवश्यकता पूर्ति गर्न गीतकार निश्चल श्रेष्ठले बाआमा शीर्षकको गीत सार्वजनिक गरेका छन् । ग्लोबल प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजिनक गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा छ ।

२०६१ सालदेखि नै सञ्चार, सिनेमा र साहित्य क्षेत्रमा क्रियाशील निश्चल श्रेष्ठ हाल साहित्य पोष्टमा पनि आबद्ध छन् ।

श्रेष्ठले एउटा सन्तानले आफ्ना आमा बुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा उतारेका छन् ।

[embedyt] https://www.youtube.com/watch?v=_wWRDwRR3WI[/embedyt]
उक्त गीतमा विकास चौधरीले मर्मस्पर्शी संगीत भरेका छन् भने लोकप्रिय गायक प्रमोद खरेलले जीवन्त आवाज दिएका छन् ।

कुशे औंशी तथा बुबाको मुख हेर्ने दिनको सन्दर्भ पारी गीत रिलिज गरिएको हो । यस गीतमा धेरै आफ्ना आमाबुबासँग टिकटक बनाउने अपेक्षा गीतकार श्रेष्ठको छ । टिकटक प्रतिस्पर्धा पनि आयोजना गरिएको गीतकार श्रेष्ठले बताएका छन् ।

यस गीतमा गायन प्रमोद खरेलको रहेको छ भने संगीत विकास चौधरीले दिएका छन् ।

यस्तो छ गीतः

बा आमा
मन्दिर धाएँ, मस्जिद धाएँ, चर्च, गुम्बा धाएँ..
खोज्दै जाँदा इश्वर त…बा आमा मै पाएँ ।
मन्दिर धाएँ…मस्जिद धाएँ…

आमा हाम्रो सिंगो धर्ती, बाबा शिरको आकास
(ममताकी खानी आमा) २ बाबा हाम्रो साहस ।
नखाई नलाई बरु आफु हाम्रो मन राख्ने
रहरहरु त्यागी आफ्नो, हाम्रै खुशी चाहने ।
मन्दिर धाएँ…..

आफ्नो गर्भ सँग संधै, शान होस आमालाई
हाम्रो कर्म बाट सधैं (२) मान होस् बाबालाई ।
नबोल्नुहै तितो बोली, नदुखाउनु मन…
बिराएमा बाटो कतै, सम्झौं बालापन…।
मन्दिर धाएँ, मस्जिद धाएँ….