मुक्तकसागर पत्रिकाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा भर्चुअल मुक्तकवाचन कार्यक्रम र मुक्तकसागर अंक ११ भाद्र १९ गते सार्वजनिक गर्‍यो।

मुक्तकसागरकी सम्पादक निशा के.सी.को सभापतित्व र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा देश विदेशका दुई दर्जनभन्दा बढी मुक्तककारहरूले आआफ्ना विविध विषयका मुक्तकहरू वाचन गर्नुभएको थियो ।

यस कार्यक्रममा मुक्तककारहरू विवश पोखरेल, रुद्र ज्ञवाली, तीर्थराज अधिकारी, डा. रुपक श्रेष्ठ , बिर्खे अन्जान, पार्वती भट्ट, आनन्द श्रेष्ठ, नम्रता उप्रेती , दुर्गाकिरण तिवारी, चित्रा पौडेल, तारा के.सी,युवराज भण्डारी, प्रमोद भट्टराई ,के.बी.पारखी गोमविक्रम, चित्रा पौडेल, जनार्दन दाहाल , अनुराधा ढकाल , शारदा पौडेल, अनिता यात्री, सयपत्री थुलुङ,रेहित सैंजु, राजन सिलवाल, लगायतका मुक्तककारहरूको सहभागिता रहेको थियो ।

मुक्तकसागरतर्फबाट सल्लाहकार राजन सिलवालले स्वागत मन्तव्य र बिटु के.सी.ले सन्चालन गरेको सो कार्यक्रममा अतिथिहरू आख्यानकार कृष्ण धरावसी ,वरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले शुभकामना तथा मुक्तकसम्बन्धी आफना विचार राख्नु भएको थियो ।