नेपाल सेन्टरका संस्थापक अध्यक्ष निर्मलकुमार थापाको नयाँ कविता कृति जयश्रीकुबेरनाथ आज राजधनानीमा आयोजित एक विशेष समारोहका बीच विमाचन गरियो ।
विमोचन कार्यक्रमका प्रमुख अथितिका रुपमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले कविताले नेपालको समकालीन आवाज बोल्ने र देशको संस्कृतिका बारेमा प्रकाश पार्ने धारणा व्यक्त गर्नुभयो ।
सोल्टी होटलमा सम्पन्न विमोचन कार्यक्रममा विशिष्ट अतिथिहरुले कवि तथा सर्जक निर्मल थापाका कविता र व्यक्तित्व लगायतका विभिन्न पक्षका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
सर्जक निर्मल थापाले हरेक कविका कविता जब पाठकले पढ्न बस्दछन्, तब पाठक स्वयम् कविका रुपमा पर्दापण हुने बताउनुभयो । ‘त्यसैले कहिले देवकोटा, कहिले रुमी वा जिब्रान वा भूपी, रिमाल पढ्दा होस् वा श्यामल, रेशमका कविता पढ्दा श्यामली रंगले छोपे जस्तो हुन्छ,’ उहाँको धारणा थियो ।
उहाँले जयश्रीकुबेरनाथको रचनागर्भ हरेक मानिसभित्रको आन्तरिक सम्पन्नताका बारेमा भएको जनाउनुभयो ।
कार्यक्रममा नेपाली लोक नृत्यका प्रवर्तक तथा संस्कृति संरक्षक भैरवबहादुर थापा, वरिष्ठ पत्रकार तथा साहित्यकार रेशम विरही, समकालीन चर्चित लेखक कुमार नगरकोटी, वरिष्ठ पत्रकार युवराज घिमिरे, राससका अध्यक्ष हरिहर अधिकारी, नायक निखिल उप्रेती लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो ।
फिक्सन डिजाइनर कुमार नगरकोटीले विमोचित कृति जयश्रीकुबेरनाथमा संकलित अलिखित काव्य, रातिको काठमाडौँ, मृत्यु कविता गरी तीनवटा कविताहरू वाचन गर्नुभएको थियो ।
रंग नेपालले प्रकाशन गरेको विमोचित कृतिमा सर्जक थापाले पछिल्लो समयमा सृजना गरेका पचास वटा कविता समावेश गरिएका छन् । थम्सन प्रेस दिल्लीमा मुद्रित कविता संग्रहको बजार व्यवस्थापन ब्रोसिस पब्लिसर्शले गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।