साहित्कार मन्जु विमलीको तेस्रो कृति उपन्यास अतृप्ति लोकार्पण भएकाे छ । उपन्यास विमलीकी एकानब्बे वर्षीय आमा राममाया विमलीको हाबाट कपन आकाशे धारास्थित आफ्नै घरबाट फेसबुक लाइभमार्फत् लोकार्पण गरिकाे हाे ।
कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, परिवारका सदस्यहरूका साथमा साहित्यकार कृष्ण धरावासीको उपस्थिति थियो ।
कार्यक्रममा प्रकाशक चन्द्र शिवाकोटी, आमा राममाया विमली र साहित्यकार कृष्ण धरावासीले आआफ्ना विचारहरू राख्नुभएकाे थियो ।
१७६ पृष्ठको उक्त उपन्यास नारी मनोविज्ञानमा आधारित रहेको छ । विमलीका यसअघि दुई कृति- दुई थोपा आँसु (कवितासङ्ग्रह) र खीर (संस्मरण) प्रकाशित भइसकेका छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला