साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कृष्णमाथि लेखिएको उपन्यास लोकार्पित

Chovar Blues Mobile Size

पाल्पाली स्रष्टा शंकरप्रसाद गैरेले लेख्नुभएको कृष्ण उपन्यास २०७८ भदौ चौध गते कृष्णजन्माष्टमीको सुअवसर पारेर लोकार्पण भएको छ ।

पाल्पास्थित त्रिभुवन बहुमुखी क्याम्पसको सभाहलमा औपचारिक कार्यक्रमका बीच लोकार्पण गरिने भनिएको उक्त उपन्यास कोभिड १९ को प्रभावका साथै लगातार परेको भीषण वर्षाका कारण विभिन्न सञ्चार माध्यमबाट लोकार्पण गर्ने निर्णय भएको लेखकले जनाउनुभयो ।

श्रीमद् भागवत तथा महाभारतका केही पर्वमा आधारित कृष्ण उपन्यास विशाल आकारको छ । यसले मथुरा राज्यमा कंसको राजनैतिक ‘कु’ को पूर्वतयारीदेखि कुरुक्षेत्रको युद्ध समाप्त भएसम्मको विषयलाई विस्तारका साथ प्रस्तुत गरेको छ ।

विभिन्न तेइस खण्डमा विभक्त गरेर प्रस्तुत गरिएको उपन्यासले राजनीति, प्रेम, मित्रता, युद्ध, जस्ता विषयलाई केन्द्रमा राखेको छ । पुराणका दैवीकृत तथा दानवीकृत पात्र र कथाको मानवीकरण गर्नु यस उपन्यासको महत्त्वपूर्ण पक्ष हो ।

स्रष्टा शंकरप्रसाद गैरे साहित्यपोस्टका नियमित लेखक पनि हुनुहुन्छ ।

प्रतिक्रिया
Loading...