नेपाल भाषाका सशक्त कवि पूर्ण वैद्यको निधन भएको छ । २०७८ भदौ १० गते बिहीबार बेलुकी ललितपुरको निदान अस्पतालमा उहाँको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
उहाँको सोही दिन पशुपतिमा अन्तिम संस्कार भएको छ ।
कवि पूर्ण वैद्यलाई कब्जियत भएर भाद्र २ गते निदान अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि कोरोना भाइरसको परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो । यसलगत्तै उहाँमा अक्सिजनको मात्रामा कमी आएको र भेन्टिलेटरमा राखी उपचार गरिँदै थियो ।
उहाँलाई कोरोना भाइरसविरूद्धको दुवै मात्राको खोप दिइसकिएको भए पनि उहाँको निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
८१ वर्षीय वैद्यका ‘सरासू’ , ‘काजलंदागु चा’, ‘लः लः खः’, ‘जि छगू अभिव्यक्ति युगया’ आदि कृति प्रकाशित छन्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला