साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

६ महिने बालिकाद्वारा ‘यायावर पाइला’ लोकार्पित

Chovar Blues Mobile Size

चर्चित समालोचक, कथाकार एवं नियात्रकार खेमराज पोखरेलको नवीनतम कृति ‘यायावर पाइला’ गत भदौ ४ गते शुक्रबार एक पारिवारिक भेटघाटमा, अमेरिकी राज्य टेक्सासको सान मार्कोस शहरमा लोकार्पण गरियो ।

सो पुस्तकलाई नियात्राकारकी छ महिने नातिनी माइराले गरेकी थिइन् । यससँगै यो विमोचित कृति सबैभन्दा कम उमेरका व्यक्तिबाट विमोचित हुने कृति बन्नसमेत सफल भएको छ । छ महिने नातिनीको अन्नप्राशनको शुभ उत्सवमा सो कृतिको लोकार्पण पारिवारका विभिन्न सदस्यहरूबीच गरिएको हो ।

‘यायावर पाइला’मा सर्जक पोखरेलले नेपालसँग सम्बन्धित आफ्ना अनेक रोचक एवं जानकारीमूलक संस्मरणहरू समेट्नु भएको छ । पुस्तकमा १५ नियात्राहरू समेटिएका छन् ।

कृतिका प्रकाशक सुशीला पोखरेल हुनुहुन्छ । ३०५ रूपैयाँ मोलको सो कृति नेपालका चर्चित विक्रेताहरू रत्नपुस्तक भण्डार, बागबजार तथा एमके पुस्तक, भोटाहिटीमा उपलब्ध रहेको प्रकाशक सुशीलाले जानकारी गराउनुभयो ।

खेमराज पोखरेलले नेपालमा लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुभएको छ । हाल उहाँ अमेरिकाको टेक्ससस्थित सान मार्कोसमा बसोबास गरिरहनु भएको छ । उहाँका दुई दर्जन कृतिहरू प्रकाशित छन्।

sagarmani mobile size

प्रतिक्रिया
Loading...