
बाह्रखरी कथा प्रतियोगिता–२०७८ को तेस्रो संस्करणको घोषणा गरिएको छ । १२खरी बुक्सले गर्दै आएको कथा प्रतियोगिताबारे आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रथम हुने कथालाई एक लाख रूपैयाँ पुरस्कार यथावत् रहेको जनाइएको छ ।
यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः ६० हजार र ४० हजार रूपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । कथा लेखन प्रतियोगितामा यो नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।
प्रतियोगिताको निर्णायकमा कथाकार नारायण ढकाल रहनु भएको छ । निर्णायक सदस्यहरूमा विवश पोखरेल र कुमारी लामा पनि रहनु भएको छ ।
प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ को छनोट गरिने र तीबाट पनि सर्वोत्कृष्ट तीन घोषित गरिनेछ । उत्कृष्ट २२ लाई जनही पाँच हजार रूपैयाँ पारिश्रमिक उपलब्ध गराइनेसमेत १२खरी बुक्सले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले भदौ ३१ सम्म पठाउनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

