भोजराज घिमिरेको पहिलो उपन्यास “इन्द्रमाया” भर्चुअल रूपमा सार्वजनिक गरिएको छ । कवि तथा गीतकार डा. विमल कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कृतिको विमोचन गर्नुभएकाे थियो ।
समीक्षकहरू एलबी क्षेत्री, साधना प्रतीक्षा, घनेन्द्र ओझा र महेश पौड्यालले उपन्यासको समीक्षा गर्दै उपन्यासकार घिमिरेले बीपी कोइरालाको “तीन घुम्ती“की पात्रलाई लिएर गरेको कामलाई साहसी कामको संज्ञा दिनुभएकाे थियो ।
घिमिरेको “इन्द्रमाया“ बीपी कोइरालाको प्रसिद्ध उपन्यास “तीन घुम्ती“ को पुनर्पठन हो, जहाँ इन्द्रमाया उपन्यासकी नायिका हुन् । बीपी कोइरालाले इन्द्रमायालाई एक विद्रोही नेवारी महिलाको रूपमा देखाएका छन् ।
समारोहमा बोल्दै उपन्यासकार घिमिरेले आफू बीपी कोइरालाकी पात्र इन्द्रमायाबाट धेरै प्रभावित भएको बताउनु भयो । उहाँले उपन्यासपछि आफ्नो पतिको घर छाडेकी इन्द्रमायाले कसरी जीवन बिताइरहेकी थिइन् भनेर खोज्न चाहेको र बीपी कोइरालाले आफ्नो तीन घुम्तीमा छोडेका कतिपय रिक्तताको जवाफ खोज्नको लागि यो काम गरेको व्याख्या गरे ।
त्यसैगरी कार्यक्रमका प्रमुख अथिति गङ्गाप्रसाद उप्रेतीले उपन्यासको कथा प्रविधि र लेखकले पात्र चयनमा देखाएको चलाखीको खुलेर प्रशंसा गर्नुभएकाे थियो ।
कार्यक्रमकाे सञ्चालन महेश कार्की क्षितिजले गर्नुभएकाे थियो । शिखा बुक्सले प्रकाशनले गरेको यस उपन्यासको मूल्य रू. ४९९ रहेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला