३७ वर्ष अगाडि नेपाली कथा र यथार्थवाद शीर्षकमा विद्यावारधी गर्नुभएका प्रा.डा. दयाराम श्रेष्ठको “यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन” नामक पुस्तक बजारमा आएको छ ।
करिब छ दशकबाट शिक्षण पेशामा आवद्ध श्रेष्ठ, कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आउनु भएको छ ।
श्रेष्ठको साहित्यको अनुसन्धान व्यवस्थापन(अनुसन्धान दर्शन) नामक पुस्तक हालसालै प्रकाशित छ । साथै “गद्यशैलीको रूपविज्ञान” नामक पुस्तक प्रकाशनको तयारीमा छ ।
शिखा बुक्सले प्रकाशन गरेको “यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन” पुस्तकको मूल्य रु. ३५० रहेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला