गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले मे १७ आइतबारदेखि साप्ताहिक अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह” सञ्चालन गर्ने भएको छ ।
कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार १७ मे, नेपाल समय बेलुकी ८ बजेदेखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तव्यबाट हुने बताइएको छ । यस कार्यक्रममा साहित्यकार जीवा लामिछाने (जर्मनी ), गोपाल रेग्मी (अमेरिका ) र उषा शेरचन (नेपाल ) सँग विशेष कुराकानी मात्र हुने छैन, साथमा उहाँहरुका रचना पाठसमेत हुनेछन् ।
समितिका अध्यक्ष हिक्मत थापाका अनुसार प्रवासको नेपाली साहित्यलाई थप क्रियाशील बनाउन यो कार्यक्रम प्रारम्भ गरिएको हो । समितिले यसका साथै गैरआवासीय नेपाली लेखकहरुका रचना समेटिएका नियात्रा संग्रह र गजल संग्रहको प्रकाशन तयारी गर्दैछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
