साहित्यकार महेश पौड्यालको नवीनत कथासङ्ग्रह “अपरिचित अनुहार” प्रकाशन हुने भएको छ । उक्त कथासङ्ग्रहलाई शिखा बुक्सले प्रकाशनमा ल्याउन लागेको हो ।

नेपाली साहित्यमा पौड्यालले कवि, आख्यानकार, अनुवादक, समालोचक लगायत बहुआयामिक छवि बनाएका छन् । उनको पहिलो कथासङ्ग्रह “त्यसपछि फुलेन गोदावरी”ले नेपाली साहित्य वृत्तमा राम्रो चर्चा पाउनुका साथै स्व. विमल स्मृति पुरस्कार पनि प्राप्त गरेको थियो ।

यसअघि पौड्यालका तादी किनारको गीत, त्यसपछि फुलेन गोदावरी, शून्य प्रहरको साक्षीलगाय सफल मौलिक कृतिहरु प्रकाशित भइसकेका छन् । साथै, उनले मदन पुरस्कार प्राप्त पुस्तक राधा र योगमायालगाय अन्य थुप्रै नेपाली पुस्तकहरुको अङ्ग्रेजी अनुवाद पनि गरेका छन् ।

पौड्यालको अपरिचित अनुहार भदौभित्रमै बजारमा उपलब्ध हुनेछ ।