नमस्ते आधुनिक लघुकथा मञ्चले बालविषयक लघुकथा संग्रह बजारमा ल्याएको छ ।

बाल मनोविज्ञानमा आधारित लघुकथा संग्रह नेपालमै यो पहिलो संग्रह भएको प्रकाशक बिएन पुस्तक संसारले जनाएको छ ।

यस पुस्तकले बालबालिकाका मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने भएकाले नेपाल भरिका सबै विद्यालयमा यो पुस्तक पुग्न जरुरी रहेको मञ्चले जनाएको छ ।

यस पुस्तकमा १३२ जना लघुकथाकारका २३० लघुकथाहरू संग्रहित छन् । यस संयुक्त संग्रहका लागि आफ्ना विभिन्न लघुकथाकारहरूले रचना पठाएका कारण यस रूपमा यो सङ्ग्रह प्रकाशन गर्न सम्भव भएको नमस्ते मञ्चले जनाउँदै लघुकथाकारप्रति आभार प्रकट गरेको छ ।

यस संग्रहको निकट भविष्यमा नै भर्चुअल विमोचन गर्ने तयारीमा रहेको मञ्चले जनाएको छ ।

२९० रूपैयाँ मूल्यको यो पुस्तक कुनै पनि पुस्तक पसलहरूमा उपलब्ध नहुने भएकाले माग प्रकाशक या नमस्ते आधुनिक लघुकथा मञ्चका सदस्यहरूमार्फत पुस्तक लिन सकिने मञ्चले जनाएको छ ।

मञ्चका अनुसार पुस्तकका लागि सम्पर्क गर्न सकिने मञ्चका आधिकारिक व्यक्तिहरु निम्न रहनु भएको छ ।

अध्यक्ष : कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी)-९८४१७७५१३६, चितवन, ||
सचिव : मनोज अज्ञात-९८४५०५५६३८ चितवन ||
कोषाध्यक्ष : सुदर्शन कँडेल-९८५५०४२०४४ चितवन ||
सदस्यहरु क्रमशः
गोम विक्रम-९८५७०६५७२२ पाल्पा ||
नानी बिवु-९८४३६४९७८५ नवलपुर ||
शेखर अर्याल-९८६०७९४१९३ काठमाडौं ||
कोषवल्लभ रेग्मी-९८६२६०१६९५ इलाम ||
कमल पौडेल-९८५७६२८७०० बागलुङ ||
‘अनिमेष’ निलम कुमार पौड्याल-९८६७२५६०५० बागलुङ ||