साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

हिरण्यकुमारी पाठकलाई अनेसास विशिष्ट महिला पुरस्कार

Chovar Blues Mobile Size

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यस वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको अनेसास केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
साहित्यकार पाठकका मोहचक्र, शून्यवत, अग्निदह र दुश्वप्न कथा प्रकाशित छन् । त्यस्तै अव्यक्त कविता संग्रहका अतिरिक्त श्रीकृषण्ण लीला, मेहनती मौरी, दश महामुर्ख, रामकथा, चतुरे बन्यो नेता, चमत्कारी औँठी र धूर्त स्याल र घमण्डी बाघ बालकथा कृतिहरू प्रकाशित छन् ।

पाठकले नारीश्वर साहित्यिक त्रैमासिक पत्रिका सम्पादन गर्दै आएकी छन् । उनी नेपाली महिला साहित्यकारहरूको संस्था गुञ्जनको अध्यक्ष तथा अनेसास नेपाल च्याप्टरको सल्लाहकारसमेत हुन् ।

यसअघि यो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो । अनेसासका ट्रस्टी सदस्य भवन भट्टद्वारा प्रायोजित यस पुरस्कारमा प्रमाणपत्र सहित एक हजार अमेरिकी डलर राशि प्रदान गर्ने गरिन्छ ।

पुरस्कार प्रदान गरिने समय भने संस्थाले खुलाएको छैन ।

प्रतिक्रिया
Loading...