वासुदेव विद्यादेव लुइँटेल गुठीका अध्यक्ष डा. सुषमा आचार्यको अध्यक्षतामा आज १५ साउन ०७८ मा बसेको कार्य समितिको बैठकले गुठीका पुरस्कारहरूको निर्णय गरेको छ ।

कोरोना महामारीका कारण समयमा दिन नसकिएका दुई वर्षका पुरस्कारको निर्णय गुठीले गरेको हो । यस अनुसार २०७६ सालको हास्य व्यङ्ग्य चित्र तर्फको पुरस्कार वरिष्ठ कलाकार श्री शशि शाहलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

यस्तै २०७७ सालको हास्य व्यङ्ग्य अभिनय तर्फको पुरस्कार हास्य अभिनेता श्री किरण के.सी (रातामकै)लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रत्येक पुरस्कारको रकम १,११,१११/- रहेको छ ।

यी दुवै पुरस्कार आगामी भदौ महीना भित्रै अनुकूल समयमा प्रदान गरिने निर्णय गुठीले गरेको छ ।