25/07/2021, नई दिल्लीः आज नेपाली संस्कृति परिषद् (अन्तर्राष्ट्रीय) को तत्वावधानमा चतुर्थ भानु सम्मान पुरस्कार समारोह होटल हाउत मोण्डे सेक्टर-15, झरसा रोड, गुरूग्राम, हरियाणामा सुसम्पन्न भयो। कार्यक्रममा राष्ट्रिय स्वयं सेवक संघका राष्ट्रिय कार्यकारिणी सदस्य एवं नेपाली संस्कृति परिषद् (अन्तर्राष्ट्रीय) का मुख्य मार्गदर्शक श्री इंद्रेश कुमार मुख्य वक्ता थिए भने कार्यक्रमका मुख्य अतिथि श्री रामचन्द्र जांगडा, राज्यसभा सांसद, विशिष्ट अथितिमा श्री एम.के. वाजपेयी, कुलपति सीटी विश्वविद्यालय, राँची, अति विशिष्ट अथितिमा डाॅ विजय जौली, भाजपा नेता एवं श्री सुधीर सिंगला, विधायक, गुरूग्राम र कार्यक्रमका अध्यक्षता गर्ने श्री अशोक चौरसिया, अन्तर्राष्ट्रीय कार्याध्यक्ष, ने.स.प. थिए। कार्यक्रमको मुख्य आकर्षित केन्द्र आज भानु सम्मान पुरस्कार पाउने सात जना मानुभाव हुनुहुन्थ्यो जसमा प्रो. गंगा प्रसाद प्रसाईं, कुलपति त्रिपुरा विश्वविद्यालयले भानु समाज गौरव सम्मान, श्रीमती निर्मला न्यौपानेले भानु नारी गौरव सम्मान, डाॅ. मुरलीधर द्विवेदी, संस्कृत विद्वानले भानु नेपाली मित्र गौरव सम्मान पुरस्कार मुख्य अतिथि एवं माननीय इन्द्रेशज्यूको करकमलबाट प्राप्त गर्नु भयो। साथै अरू तीन जनाः- श्री बद्री प्रसाद लम्साल, लम्की नेपाल, श्री गणेश कुमार प्रधान, रिनक, सिक्किम औ श्री दिलीप सिरवाल देवास, मध्य प्रदेशबाट अनलाइन जोडिएर क्रमश : भानु साहित्य गौरव सम्मान, भानु संस्कृति गौरव सम्मान एवं भानु कर्मनिष्ठ गौरव सम्मान प्राप्त गर्नु भयो। ने.सं.प. दिल्ली प्रदेशका अध्यक्ष श्री कृष्ण पाण्डेले कार्यक्रमको स्वागत भाषण गर्नु अघि मुख्य वक्ता एवं मञ्चमा उपस्थित् सबै अतिथिले दीप प्रज्वलन गरी कार्यक्रम सुआरम्भ गर्नु भयो। कार्यक्रममा स्थानीय एवं विभिन्न ठाउँबाट लगभग २०० सय जना महानुभावहरू उपस्थित् हुनुहुन्थ्यो जसमा ४० प्रतिशत हिन्दी भाषी उपस्थिति भएर कार्यक्रमको शोभा बढाउनुभयो। भानु सम्मान पुरस्कारको प्रस्तावना भाषण नेपाली एवं हिन्दी भाषामा ने.सं.प.का अन्तराष्ट्रिय अध्यक्ष श्री अशोक चैरसियाले दिनुभयो। श्री गंगा प्रसाद, श्री रामचन्द्र जांगडा, श्री सुधीर सिंगलाले आफ्नो मन्तव्य राख्नुभयो। अतिथिहरूको भाषण पछि मुख्य वक्ता श्री इन्द्रेश कुमारले भानुभक्तको साहित्यिक योगदानलाई याद गर्दै भारत र नेपाल देशको धार्मिक, सांस्कृतिक एवं साहित्यिक सामञ्जस्यताको विन्दुहरू राख्नु भयो। श्री इन्द्रेशज्यूले आफ्नो भाषणमा भारत-नेपालबीच हुने चाइनाको षडयंत्र एवं राजनीतिक मतभेदको उल्लेख गर्दै पारस्परिक मैत्री अझ प्रगाढ गर्ने पनि कुरा राख्नु भयो। कार्यक्रममा साहित्यिक मधुरता घोल्दै भारतीय साहित्य अकादमी द्वारा युवा साहित्यकार पुरस्कार पुरस्कृति श्री युवराज भट्टराईं एवं सुश्री तेजस्वी न्यौपानेले कविता वाचन गर्नु भयो। नेपाली सांस्कृतिक नृत्यको पनि कार्यक्रमा रास्वादन सुश्री सृष्टि अधिकारीले गराइन्। भानु पुरस्कार द्वारा सम्मानित श्रीमती निर्मला न्यौपानेको पुस्तक ‘काव्याञ्जली’ को पनि यसै कार्यक्रमा लोकार्पण भयो। अन्तमा कार्यक्रमको धन्यवाद ज्ञापन श्री महेन्द्र सिंहले दिए पश्चात् फोटो सत्र हुँदै कार्यक्रम सफल रूपमा सुसम्पन्न भयो।
हर्कबहादुर लामगादे ‘रोहित’
नई दिल्ली, भारत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला