प्राध्यापक वाङ हङ्वेई

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ हङ्वेईलाई राष्ट्रपति भवन, शीतलनिवासमा बुधवार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित सम्मान अर्पण समारोहमा तीन हजार अमेरिकी डलर राशिसहितको नेपाल प्रज्ञालङ्कार सम्मानद्वारा सम्मानित गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेती मार्फत् वाङलाई नेपालकै सर्वोच्च मानिने उक्त सम्मानद्वारा सम्मानित गर्नुभएको हो ।

स्वास्थ्य अवस्था प्रतिकूलताका कारण वाङ सम्मान ग्रहण गर्न नेपाल आउन असमर्थ भएका कारण राष्ट्रपति भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीमार्फत सम्मान अर्पण गर्नुभएको हो ।

प्रत्येक तीन वर्षमा विदेशी नागरिकका लागि प्रदान गरिने नेपाल प्रज्ञालङ्कार सम्मानबाट पहिलो पटक मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्राध्यापक वाङ विभूषित हुनुभएको हो । उहाँलाई ‘माउन्टेनिअस किङ्डम अफ नेपाल’ (सन् १९८०), ‘द नेसनालिटिज अफ नेपाल’ (सन् १९८०), ‘नेपालः गाइड टु वल्र्ड स्टेटस्’ (सन् २००४), ‘नेपालः पिपल एन्ड कल्चर’ (सन् २००७) आदिजस्ता प्राज्ञिक महत्त्वका अनुसन्धानपूर्ण कृतिका माध्यमबाट नेपालको राष्ट्रिय गौरवलाई चीनलगायत अन्तर्राष्ट्रिय जगत्मा फैलाउन पुर्याउनुभएको विशिष्ट योगदान दिएवापत उहाँको योगदानको उच्च सम्मान गर्दै नेपाल प्रज्ञालङ्कार सम्मान अर्पण गरिएको हो ।

उक्त सम्मान प्राध्यापक वाङलाई उपयुक्त समयमा उपलब्ध गराइने कुलपति उप्रेतीले बताउनुभयो ।