साहित्यकार भुवनहरि सिग्देलको नवीनतम कृति “बहत्तर वसन्त” बजारमा आएको छ । भानु जयन्तीको अवसरमा वरिष्ठ साहित्यकार नारायण ढकाल, विश्लेषक शङ्कर तिवारी, गजलकार बाबु त्रिपाठी, आख्यानकार शैलेन्द्र अधिकारी, तर्कना शर्मा र रङ्गकर्मी/डिजाइनर प्रकेश सिन्धुलीयले सामूहिक रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हाे ।
लोकापर्णपश्चात् विश्लेषक शङ्कर तिवारीले पुस्तकको पहिलो प्रति खरिद गरेर पुस्तक बजारमा पुगिसकेको जानकारी दिनुभएकाे थियो ।
गद्य र पद्य दुवै विधामा समानरूपले कलम चलाउन सक्ने सिग्देलको “बहत्तर वसन्त” छत्तीसौँ कृति हो । शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु उहाँको मौलिक क्षमता हो । सिग्देलमा गुण र सौन्दर्य चेत, यथार्थपरक विषयको छनोट केन्द्रीय स्तरमा स्वच्छन्दतावादी भावधारा र मानवतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रवृत्ति पाइन्छ ।
छन्द कवितामा सिग्देल सिद्धहस्त रहेकाले “बहत्तर वसन्त” पुस्तक छन्द कविताप्रेमी, छन्द कविता सिकारु र छन्द साधकलाई अत्यन्तै उपयोगी रहने कुरा प्रकाशक पुष्पराज पौडेलले साहित्यपाेस्टसँग बताउनुभएको छ ।
शिखा बुक्सले प्रकाशन गरेको यस पुस्तकमा जम्मा ७२ वटा छन्द कविता समावेश छन् मूल्य रु. २०१/– तोकिएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला