भूगोल साहित्य समाज, काठमाडौ, पाल्पा साहित्य समाज, तानसेन तथा पाल्पाली संगम, काठमाडौको साहित्य विभागको संयुक्त आयोजनामा २०८औं भानुजयन्ती सम्पन्न भएको छ । भर्चुअल रुपमा सम्पन्न सो कार्यक्रममा सहभागी साहित्यकारहरुद्वारा आदिकवि भानुभक्त आचार्यका बारेमा आआफ्ना धारणा व्यक्त गर्नुका साथै रचना वाचन गरिएको थियो ।

कार्यक्रममा भानुभक्त र पाल्पाको सम्बन्धका बारेमा पनि चर्चा गरिएको थियो । साहित्यकार विनोद नेपालले आदिकवि भानुभक्तमाथि विशेष प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा पाल्पाली संगम काठमाडौका अध्यक्ष पदम न्यौपाने, साहित्य विभाग प्रमुख सीता विष्ट कार्की, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, तथा अध्यक्ष पुष्कर अथक रेग्मी, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाल, साहित्यकारहरु भागवत खनाल, नैना नेपाल ढकाल, शान्ता शाक्य, दिनेश विक्रम थापा, मुकुन्द अर्याल, महेन्द्र पन्थी, विपिन आचार्य, हरिश्चन्द्र गौतम, नवराज पुडासैनी ज्योत्स्ना, उमेश तिमिल्सिना, अम्विका आचार्य, शैलेन्द्र कुमार शाह, पद्मा सापकोटालगायतको सहभागिता थियो ।

पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रम सीता विष्ट कार्कीले सञ्चालन गर्नुभएको थियो ।