चितवन साहित्य परिषदद्वारा स्थापित २ पुरस्कारका लागि स्रष्टाहरूको घोषणा गरिएको छ । चिसाप प्रतिभा पुरस्कार २०७८ का लागि कलाकार प्रकाश थापा ‘प्रथा’लाई र चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार २०७७ पोखराकी उपन्यासकार प्रभा बराललाई प्रदान गरिने भएको छ ।
बरालको औपन्यासिक कृति ‘फिलिङ्गो’लाई रू ५० हजार पैंतालीस र कलाकार थापालाई १५ हजार पैंतालीस रुपैयाँ पुरस्कार राशिसहित सम्मान गर्न लागिएको हो ।
परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा बसेको बैठकले आगामी असार २९ गते भानु जयन्तीको अवसरमा सामाजिक दुरी कायम गर्दै स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेको हो ।
साहित्यकार जीवा लामिछानेले बुबा खेमराज लामिछानेको नामलाई चिरस्थायी बनाउन रु ५० हजार उपलब्ध गराउनु भएको र परिषदमार्फत चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार वितरण गर्ने गरिएको परिषदका सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।