भारतको सिलिगुडीमा रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि साधनारत कवि एवम् समालोचक सुकराज दियालीलाई पितृशोक परेको छ ।

दार्जीलिङको नागरिक फममा घर भएका ८६ वर्षीय स्व. पिता हर्कबहादुर दियाली चम्पासरीस्थित दियाली निवासमा कवि एवम् समालोचक सुुकराज दियालीसँगै बसोबास गर्दै आएका थिए । उनको शनिबार बिहान ७ः ३० बजे हृदयघातका कारण निधन भएको छ । दियालीका तीन छोरा र एक श्रीमती रहेका छन् ।