अनन्त वाग्लेद्वारा लिखित उपन्यास कदम काठमाडौँ पब्लिकेसन प्रा.लि.ले बजारमा ल्याएको छ । बाल साहित्य तथा किशोर साहित्यका पुस्तक प्रकाशन गर्दै आइरहेको यस संस्थाले पहिलो पटक मूल प्रवाहको उपन्यास बजारमा ल्याएको जनाएको छ ।
जंगलका राजा भनेर चिनाउने राउटे समुदायका बारेमा गैरआख्यान पुस्तक प्रकाशित भए पनि आख्यानका रूपमा सम्भवतः यो पहिलो प्रयास भएको लेखक वाग्लेले बताउनुभएको छ ।
राउटे समुदाय कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका जिल्लामा जङ्गलमा बसोबास गर्छन् । यस समुदायलाई एसियाकै अन्तिम फिरन्ता भनेर पनि चिनिन्छ ।
उपन्यासकारले स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूको सुखदुःख, परिवार, जीविका, प्रेम र प्रणय लगायतका अनेकन् पाटा केलाएर लामो समय लगाई लेखिएको प्रकाशन संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
५० भन्दा बढी बाल तथा किशोर साहित्यका सिर्जना गरिसक्नु भएका वाग्लेको यो उपन्यास तीन सय १६ पृष्ठको छ भने चार सय रूपैयाँ मूल्यको रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।