तेराख

झापा धुलाबारी निवासी बहुचर्चित लेखक, अन्वेषक साहित्यकार तेजराज खतिवडा (तेराख) को विराटनगरस्थित विराट नर्सिङ होममा निधन भएको दु:खद खबर छ ।

७७ वर्षीय श्री खतिवडा निकै दिनदेखि निमोनिया र बुढ्यौली रोगबाट ग्रस्त हुनुहुन्थ्यो । एकसातादेखि उहाँ गम्भीर रूपमा बिरामी हुनु भएको थियो र स्वासप्रस्वासमा धेरै कठिनाइ भएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।

स्व. श्री खतिवडाका काव्यकृतिहरू ‘प्रिया’, ‘अलपत्रेका फूलहरू’, ‘प्रिया शान्तिनगर’ अनि उपन्यासमय नाटक ‘अझै उस्तै छ’ लगायत ‘सर्वजा’, ‘महिला कार्यकर्तालाई झापाको कोसेली’, ‘प्रजातान्त्रिक तरिकाले शिक्षक’, ‘आगो र पानी’, ‘टेस्ट ट्यूव बेबी’ आदि कृतिहरू प्रकाशित छन् ।