नेपाल सांस्कृतिक पेसाकर्मी सङ्घद्वारा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ९७ औँ जन्मजयन्तीका अवसरमा ‘पुष्पलाल विमर्श एवम् कविता÷गजल÷मुक्तक वाचन’ कार्यक्रम सम्पन्न गरियो ।

उक्त कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि मोदनाथ प्रश्रितले कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान प्रमुख रहेको र आजसम्म कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म पु¥याउने जस उहाँलाई नै जान्छ भन्नुभयो ।

टुटुफुट भएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत ढंगले अघि बढाउनु आजको आवश्यक रहेको कुरा उहाँले बताउनुभयो । यसैगरी नेकपा (एमाले) का पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाले पुष्पलाल कम्युनिस्ट पार्टीका जननी भएको भन्दै सामयिक कविता सुनाउनुभएको थियो ।

कम्युनिस्ट पार्टी स्थापना र पुष्पलालसँगको सहकार्यका सम्बन्धमा गोपीरमण उपाध्यायले आफ्नो स्मृति बताउनुभयो । यसैगरी उहाँले पुष्पलालको प्रशिक्षण नोट आफूले यस वर्ष प्रकाशनमा ल्याएको बताउनुभयो । उपाध्यायले कम्युनिस्ट पार्टीको एकता आजको आवश्यकता रहेको भन्दै विचारद्वारा प्रशिक्षित कार्यकर्ता निर्माण गर्नु चुनौति रहेको बताउनुभयो ।
यसै सन्दर्भमा विराटनगरमा कम्युनिस्ट आन्दोलनका क्रममा पुष्पलालले पु¥याउनुभएको योगदानको बारेमा केशव गौतमले चर्चा गर्नुभयो ।

पुष्पलालका बहुआयामिक व्यक्तित्वमा चर्चा गरिएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले सिर्जना वाचनका क्रममा वाचित कविताहरूको चर्चा गर्नुभयो । पुष्पलालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्राज्ञ पौडेलले वाचित कविताहरू समसामयिक परिस्थितिको ऐना भएको बताउँदै लेखन, शैलीका कारण कविताहरूको शैलीपक्ष र कलापक्षका आधारमा चर्चा गर्नुभयो ।

भर्चुअल माध्यमबाट कलाका दृष्टिले सम्पन्न कविता वाचन हुनु कविता विधाको समृद्ध र प्रसिद्ध हुन पुगेको बताउनुभयो ।
उक्त कार्यक्रम नेपाल सांस्कृतिक पेसाकर्मी सङ्घका अध्यक्ष विक्रम मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको भरत गुरागाईं बर्बरिकले सञ्चालन गर्नुभएको थियो भने प्रविधि संयोजन प्रकाश सत्यालले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बूँद राना, जगन्नाथ खतिवडा, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, तेजविलास अधिकारी, कृष्णप्रसाद पोखरेल, चेतनाथ धमला, डा. पुष्करराज भट्ट, शुभद्रा भट्टराई, सीता ओझा, चतुर्भुज केवरत, डा. प्रदीप मैनाली, लक्ष्मण ज्ञवाली, प्रथा, भवानी पन्थ, राधा कार्की, कौसिला रिसाल, कमल मिश्र, खोलाघरे साइँला, देवभक्त धमला, वेदनिधि निराला, शोभा दुलाल, सुशीला ज्ञवाली, प्रतिभा पोखरेल, हरिबहादुर खत्री, विमला अधिकारी देवकोटा, दिलेन्द्र मुकारुङ राई, देवराज सिम्खडा, वासुदेव अधिकारी, गङ्गा दाहाल, लता पौडेल, मोहनबहादुर केसी, मञ्जु ज्ञवाली, तारा केसी, रचना शर्मा, रम्भा पौडेल, किशोर नेपाली, टीका आत्रेय, कमला मुस्कानलगायतका स्रष्टाहरूले कविता, गजल र मुक्तक वाचन गर्नुभएको थियो ।