साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा समाज, लुम्बिनी प्रदेश समितिले पायो पूर्णता

Chovar Blues Mobile Size

 

वनमाली निराकार

लघुकथा लेखनको उत्थानमा सक्रिय संस्था लघुकथा समाज, नेपालले प्रदेशस्तरीय समितिको गठन गर्दै लघुकथा लेखनलाई मुलुकभर विस्तारित गर्ने क्रमलाई अगाडि बढाएको छ ।

समाजले सोमबार लुम्बिनी प्रदेश समितिको गठन गरेको छ । साहित्यकार वनमाली निराकारको अध्यक्षतामा गठित उक्त समितिको उपाध्यक्षमा लघुकथाकारहरू ऋचा लुइँटेल, सचिवमा निर्मल ढुङ्गाना र कोषाध्यक्षमा मन गहिरेलाई चयन गरिएको छ ।

समितिको सदस्यहरूमा साहित्यकारहरू विजय सागर, रुद्र ज्ञवाली, सुमित्रा न्यौपाने र ईश्वरीप्रसाद पोखरेल चयन भएको समाजका केन्द्रिय अध्यक्ष श्रीओम रोदनले जानकारी गराएका छन् ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...