नेपाल स्रष्टा समाजले असार ९ गते शृङ्खलाबद्ध कार्यक्रम “रचनागर्भ” थालनी गरेको छ ।

रचनागर्भको पहिलो शृङ्खलामा वरिष्ठ कथाकार परशु प्रधानलाई प्रस्तुत गरेको छ ।

विनोद नेपाल, जानु धिताल, नारायण तिवारी, गोविन्द गिरी प्रेरणा, पवन आलोक, डा शान्तिमाया गिरी, श्रीओम श्रेष्ठ रोदन, राजेश खनाल, विधान आचार्य र किशोर पहाडी लगायतले परशु प्रधानसमक्ष उहाँको सृजनासम्बन्धी विभिन्न प्रश्नहरू गर्नुभएको थियो ।

आफैँमा चर्चित स्रष्टाका रचनागर्भमाथि आएका प्रश्नहरूको जवाफ परशु प्रधानले दिनुभएको थियो ।

उहाँले नेपाल स्रष्टा समाजको स्थापना, वाणी प्रकाशनको प्रारम्भ, आफ्नो नाममा ‘प्रधान’ किन राखियो, रचनागर्भ कसरी सिर्जना भयो, कुन कथाको रचनागर्भ के हो आदि विषयमा प्रश्नकर्ताहरूको जिज्ञासा शमन गराउनु भएको थियो ।

करिब सवा घण्टा लामो उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विधान आचार्यले गर्नुभएको थियो थियो भने सञ्चालन विनोद नेपालले गर्नुभएको थियो ।

आउनुस्, हामी पनि सो रोचक कार्यक्रमको रेकर्डेड संस्करण हेरौँः
[embedyt] https://www.youtube.com/watch?v=cebiZDI54xU[/embedyt]