संस्कृतिविद् सत्यमोहन जोशी १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी स्वास्थ्य लाभ गरेर शुक्रबार घर फर्किएका हुन् ।
छातीमा समस्या देखिएपछि १०२ वर्षीय जोशीलाई गत बुधबार ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो ।
किस्ट अस्पतालका चिकित्सक २६ वैशाखमा नियमित फलोअपका लागि जोशी निवासमै पुगेका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकले अस्पताल नै ल्याएका थिए ।
निमोनिया र छातीमा समस्या देखिएपछि पल्मोनोजोष्ट डा. मिलेसजंग सिजापतिसहित कार्डियोलोजिस्ट र क्रिटिकल केयर टिमले उनको उपचार गरेको थियो । उनको कोभिडको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
अस्पतालले महिनाको एक पटक निवासमै गएर संस्कृतिविद् जोशीको स्वास्थ्य फलोअप गर्ने गरेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला