डा. हेमन्त खतिवडाका आध्यात्मिक गीतहरूको पहिलो सङ्ग्रह बजारमा आएको छ ।

भजन सङ्ग्रह नाम दिइएको यस सङ्ग्रहमा १०६ वटा भजनहरू सङ्ग्रहित छन् ।

११५ पृष्ठको यस सङ्ग्रहमा यसअघि नै रेकर्ड भइसकेका गीतसमेत सङ्कलित गरिएको भजनकार डा. खतिवडाले जनाउनुभएको छ ।

५० वटा त्यस्ता भजनहरूमा भारतीय गायकगायिका आशा भोसले, साधना सरगम, कैलाश खेर, पण्डित जशराज, कुमार सानु लगायतले स्वर दिएका छन् ।

रेकर्ड भएका गीतहरू शास्त्रीय र अर्द्धशास्त्रीय किसिमका रहेका डा. खतिवडाको भनाइ छ ।

भजन आशा र उत्साह जगाउने, मृत्युलाई पनि उत्सवका रूपमा चित्रण गरिएको छ । आध्यात्मको गहिराईमा डुबेर लेखिएका यी भजनमा जीवन दर्शनका कुरा समेटिएका छन् ।

लेखक स्वयंद्वारा प्रकाशित यस सङ्ग्रहको मूल्य २०० रूपैयाँ रहेको छ ।