शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् ।
वि.स. १९७७ वैशाख ३० गते जन्मिएका ललितपुर निवासी जोशी संस्कृतिविद् हुन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् ।
जोशी गत वर्ष एकसय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिकाभर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जोशीको जन्मशताब्दी मनाउने निर्णय गरेको थियो । यस वर्ष कोरोना कहरका कारण देशभर लक डाउन गरिएका कारण उनको १०१ औँ जन्मउत्सवमा कुनै सार्वजनिक कार्यक्रम भने आयोजना हुन सकेन ।
जोशीले तीन पटक मदन पुरस्कार जितेका छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
सत्यमोहन जोशी
आश्विन ३१, सोमबार १७:०१