संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । १०२ वर्षका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ । स्वास प्रश्वासमा समस्या , छातीमा संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका जोशीको छातीमा न्यूमोनियाको संक्रमण देखिएकाले त्यसको उपचार थालिएको अस्पतालले जनाएको छ ।
जोशीको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले जानकारी दिएको छ। अहिले जोशीको स्वास र मुटुको चाल स्थिर रहेको जनाउँदै उनलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
छाती रोग विशेषज्ञ प्रा.डा.मिलेश जंग सिजापतीको नेतृत्वमा कार्डीयोलोजीष्ट तथा क्रिटिकल केयर विशेषज्ञको टोली जोशीको उपचारमा खटिरहेको छ ।
किष्ट अस्पतालले ‘हरेक महिना घरमै गएर जोशीको स्वास्थ्य परीक्षण गर्दै आएको थियो । यसपटक भने छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको जनाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।