ईश्वर थोकर रचित १४ कविताहरुको संग्रह ‘लीला’ बजारमा आएको छ ।
जम्मा १६ पृष्ठको यो पुस्तकमा सङ्ग्रहित कविताहरु ईश्वरले आफ्नी जीवनसाथी लीला पुन मगरलाई समर्पित गरी लेखिएका प्रेमकविताको शृङ्खला हो । सबै कविता प्रेम वरपर नै घुमेका छन् ।
यस सङ्ग्रहमा लीला पुन मगरले भूमिका लेखेकी छन् । उनको भूमिकामा यत्ति मात्रै लेखिएको छ, ‘ईश्वरको हँसिलो मुहार देखेर म मनमनै लोभिन्थेँ । उनको नजिक पर्न चाहन्थेँ । उनलाई तुरुन्तै जीवनसाथी बनाउन चाहन्थेँ । उनीसँगै जिउन चाहन्थेँ, उनीसँगै मर्न चाहन्थेँ । यसरी परिकल्पना गरेको दश वर्षपछि उनलाई मैले जीवनसाथीको रुपमा पाएको छु । थ्याङ्स गड !’
यसअघि ईश्वरका पिङ्गाई (गजलसङ्ग्रह, २०६८), प्लिक्सी (कवितासङ्ग्रह, २०६९), नोरी (कवितासङ्ग्रह, २०७४), ल्हुइला गोङमा (संस्मरणसङ्ग्रह, २०७६) प्रकाशित भइसकेका छन् । उनलाई तामाङ ग्योकाइ पुरस्कार (२०७१)द्वारा सम्मानित समेत गरिसकिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

