साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

डा. शर्माको अध्यक्षतामा लघुकथा समाजको प्रदेश २ को कार्यसमिति गठन

लघुकथा समाज, नेपाल केन्द्रीय समितिले साहित्यकार डा. विश्वम्भरकुमार शर्माको अध्यक्षतामा समाजको प्रदेश नम्बर–२ को कार्यसमिति गठन गरेको छ ।

प्रदेश–२ समितिको उपाध्यक्षमा विनयराज गौतम, सचिवमा मौसमी कुशवाहा र कोषाध्यक्षमा देवी सापकोटा रहेका छन् भने सदस्यहरूमा छोटेलालप्रसाद साह, सुमन घिमिरे र संजुराम मोची रहेका छन् ।

लघुकथा लेखनको प्रवर्द्धनमा प्रदेशगत् रूपमा योगदान पुर्‍याउने उद्देश्यका साथ प्रदेश समितिहरूको गठनलाई तीव्रता दिएको समाजका केन्द्रीय अध्यक्ष श्रीओम रोदनले बताए ।

समाजको यसअघि प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेश समितिको गठन भइसकेको छ ।

प्रतिक्रिया
Loading...