साहित्यकार, साहित्यपोस्टका शुभचिन्तक तथा स्तम्भलेखक विश्वराज अधिकारीलाई मातृशोक परेको छ । उहाँकी आमा सावित्रीदेवी अधिकारीको ८५ वर्षको उमेरमा आइतबार निधन भएको हो । उहाँको पाटन अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । हृदयघातका कारण उहाँको देहावशान भएको अस्पताल स्रोतले जनाएको छ ।

सन् १९३६ मार्च ३० मा जन्मनु भएकी सावित्रीदेवीका पति स्वर्गीय देवराज उपाध्यायकी पत्नी हुनुहुन्थ्यो । देवराज रौतहटमा शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याउने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो ।

सावित्रीदेवीका चार छोरा र एक छोरी हुनुहुन्छ । चारै छोराहरू अमेरिका बस्ने भएकाले र कोभिड १९ को कारण तत्काल नेपाल आउन नमिलेका कारण उहाँको अन्तिम संस्कार आफन्तहरूले गर्नुभएको थियो ।