‘सरसर्ती संसार’ (यात्रा संस्मरण)का लेखक तथा प्रवासी नेपाली अभियन्ता जीबा लामिछानेले प्रवासीलाई नेपालसँग जोड्ने धागो नेपाली साहित्य नै हो भनेका छन् ।
बुकाहोलिक्सले आयोजना गरेको स्रष्टासँग साक्षात्कार कार्यक्रममा बोल्दै लामिछानेले प्रवासी नेपालीलाई सँधै नेपालसँग जोडिराख्ने भावनात्मक धागोको रुपमा नेपाली साहित्यले काम गर्ने बताएका हुन् । यो धागोरुपी साहित्यको उचित संरक्षण र प्रवर्द्धन गरेमा यसले भावनात्मक नाता झन् बलियो बनाउँने उनले बताए ।
एक घण्टाको साक्षात्कारमा लेखक लामिछानेले आफ्नो जीवनका मुख्य घटना, आफुले लेख्नुको कारणका साथै आफुले साहित्य तथा सर्जकको सम्मानमा गरेका कामहरुको बारेमा पनि बोलेका थिए ।
बुकाहोलिक्स साहित्य र पठन संस्कृतिको विकाशका लागि सक्रिय फेसबुक ग्रुप हो जसले लकडाउनमा स्रस्टासँग साक्षात्कार कार्यक्रम आयोजना गरिरहेको छ । सो कार्यक्रममा हरेक दिन स्रष्टाहरु फेसबुक लाइभ मार्फत साक्षात्कारमा आउँने गर्छन् । अहिलेसम्म सो साक्षात्कारमा २० जना भन्दा बढि सर्जकहरुले आफ्नो लेखन अनुभव तथा रचना वाचन गरिसकेका छन् ।
आज साक्षात्कारमा चर्चित लेखिका निलम कार्की निहारिका आउँदै छिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

