साहित्यकार जीवनचन्द्र कोइरालाको निधन भएको खबर प्राप्त भएको छ । उहाँको ६१ वर्षको उमेरमा निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार कोइराला कोरोना सङ्क्रमित हुनुहुन्थ्यो । उपचारकै क्रममा बुधबार दिउँसो उहाँको निधन भएको हो ।

कोइराला राम्रा साहित्यकारका साथै एक कुशल अन्वेषक पनि हुनुहुन्थ्यो । जीवनी लेखन र पुस्तक सम्पादनमा छुट्टै परिचय बनाउनुभएका कोइराला केही वर्षअघि साझा प्रकाशनका सञ्चालकको भूमिकामा समेत रहनुभएको थियो ।