बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले हालै ‘घामै प्यारो, आमै प्यारो’ नामक बाल नियात्रा पुस्तकमाथि अन्तर्क्रिया आयोजन गर्यो ।
वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको बालनियात्रा कृति “घामै प्यारो आमै प्यारो” माथि अन्तरक्रिया कार्यक्रम आयोजन गरिएको हो ।
वैशाख ३, २०७८ का दिन आयोजित सो कार्यक्रममा वक्ताहरूले बालसाहित्यमा राजकर्णिकारको पदार्पण अत्यन्त खुसीको विषय भएको र यसले बालसाहित्यको नियात्रा विधालाई अघि बढाउन मद्दत पुग्ने बताउनु भयो ।
यो कृति लेखकको पहिलो बालकृति हो । प्रौढ साहित्यतर्फ उहाँका १० कृति प्रकाशित छन् ।

सो अवसरमा प्रमुख अतिथि नियात्रा समाज नेपालका अध्यक्ष एवम् चर्चित नियात्राकार प्रतीक ढकालले घनश्याम राजकर्णिकार र सोही पुस्ताका नियात्रालेखकहरूको कृति पढेर आफू नियात्रा लेखनमा लागेको बताउनु भयो । उहाँले स्वदेशको नियात्राबाट देशको बारेमा यथार्थ जानकारी पाइने र विदेशको नियात्राबाट विदेशी ज्ञान र सीप सिक्न सकिने धारणा राख्नुभयो ।
समालोचक महेश पौड्यालले लेखकले बालपाठकलाई अत्यन्त सरल र रोचक तरिकाले अमेरिकाको भ्रमण कृतिमार्फत गराएको बताउँदै यसबाट बालपाठकहरू लाभान्वित हुने विचार प्रस्तुत गर्नुभयो ।
बालसाहित्यकार अनन्त वाग्लेले पुस्तक बालबालिकाका लागि उपयोगी भएको बताउनु भयो । त्यस्तै प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिका विशेषताहरूको चर्चा गर्दै अहिले एक जना शोधार्थीले उहाँबारे विद्यावारिधि गरिरहेको र सो पूरा हुने स्थितिमा पुगेको जानकारी दिनुभयो ।
कृतिका स्रष्टा घनश्याम राजकर्णिकारले आफ्नो सिर्जन यात्राबारे जानकारी दिँदै नातिनीको उत्प्रेरणाले बालनियात्रा कृति लेखेको बताउनु भयो ।
कार्यक्रमको अध्यक्षको आसनबाट आयोजक संस्था बालवाङ्गमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले नेपाली बालसाहित्यमा नियात्राका एक दर्जन पनि कृति नभएको अवस्थामा घनश्याम राजकर्णिकारको यस क्षेत्रमा प्रवेश अत्यन्त महत्त्वपूर्ण भएको धारणा राख्नुभयो ।
संस्थाका उपाध्यक्ष विजयराज आचार्यले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्ति सापकोटाले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरू महेश प्रसाईं, राधेश्याम लेकाली, मणि लोहनी, ठाकुर बेलवासे, गङ्गादेवी कसजू, मन्दिरा मधुश्री, गोकुल अधिकारी, सुशीला देउजा, गीता रेग्मी लगायतको उपस्थिति थियो ।

हेर्नुहोस्, कार्यक्रमको पूरा भिडियोः
[embedyt] https://www.youtube.com/watch?v=kzH6fylGHR8[/embedyt]

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।