नेपाली भाषासेवी श्यामदास वैष्णवको शुक्रबार साँझ ७ ज्ञानेश्वरस्थित निवासमा निधन भएको छ ।
उनको जन्म १९८१ साल साउन ५ गते काठमाडौँमा भएको थियो । वैष्णवका श्रीमती जगतकुमारी तथा तीन छोरा र चार छोरी छन् ।
वैष्णव २०७२ सालदेखि मनोरोगले पीडित रहेको साहित्यकार नरेन्द्रराज प्रसाइँले जनाउनुभएको छ ।
वैष्णवको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अति प्रिय चेलामध्ये वैष्णव एक थिए । देवकोटा व्यास र वैष्णव गणेश भएर देवकोटाका धेरै किताप लेखिएका थिए । वैष्णवलाई देवकोटाका छाया पनि मानिन्थ्यो ।
वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् । उहाँले हाम्रो संस्कृति, माधुर्य, झङ्कारजस्ता साहित्यिक पत्रिकाको सम्पादन पनि गरेका थिए ।
उनको भाषासेवाका कारण सरकारले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार मात्र होइन, अन्य संघसंस्थाहरूबाट पनि सम्मानित भएका थिए । तीमध्ये त्रिमूर्ति पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार र नइ देरूनीख प्रदीप्ति पुरस्कार प्रमुख छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।