पछिल्लो समय बिदेशिएका नेपालीहरुमा पनि नेपाली भाषालाई लिएर मोह बढ्दो छ । उनीहरु आफ्ना छोराछोरीले नेपाली प्रष्टसँग बोलून् भन्ने चाहन्छ्न् । अमेरिकामै जन्मिएर हुर्किएकी एक बालिकाले पनि अनलाइनमार्फत नेपाली पढ्न र लेख्न सिकाउने गरेकी छन् । प्राप्तिले अमेरिकाको न्यूजर्सीमा बसेर बालबालिकालाई पढ्न र लेख्न सिकाउन सजिलो हुने गरी एक युट्युब “प्राप्ति एन्ड ओपल” च्यानल खोलेकी छन् ।

उतै जन्मेकी प्राप्तिले नेपाली कक्षा लिँदै बिस्तारै नेपाली सिक्ने भन्दै पहिला १० वटा अक्षरहरू सिकाएको भिडियोमा देखिन्छ । यो भिडियोको पहिलो भाग हो।

उनले आफ्नो च्यानलमा नेपाली भाषा सरल रुपमा सिकाउनुका साथ साथै उत्प्रेरणा पनि दिइरहेकी छन् । निकै राम्रो नेपाली भाषा बोल्न सक्ने उनले नेपाली समुदायलाई निकै लाभदायक हुने भिडियो बनाएकी छन् ।

साथै प्राप्तिले नेपाली सिकाएको भिडियो टिकटकमा पनि भाइरल भइरहेका छन् । उनको उक्त भिडियोलाई टिकटकमा करोड पटक भन्दा बढी हेरिएको छ भने हजारौँ शेयर भएका छन् ।

साहित्यपोस्टले खोज्दा प्राप्ति र उनकी बहिनी ओपलले अन्य भिडियो बनाएको पनि पायो । सो भिडियो उनीहरूले अंग्रेजीमा बनाएका छन् । त्यस्तै एउटा भिडियोमा भने अंग्रेजी उच्चारणका सामग्री र त्यसको नेपाली उच्चरण पनि यसरी गर्ने भनी सिकाएका छन् । उनीहरूका ती युट्युब भिडियोको भ्युज भने दुई हजारभन्दा बढी नै देखिन्छन् ।

हेर्नुहोस्, यी बालिकाको प्रयासः

[embedyt] https://www.youtube.com/watch?v=HWzD2xmmGPM[/embedyt]