अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला डायस्पोरा साहित्यमा चिनिएको नाउँ हो । उहाँ मूलतः हाइकुमा निकै चर्चित हुनुहुन्छ ।

हाइकुबाहेक फुटकर रूपमा उहाँका निबन्ध, संस्मरण, कथा लगायत नेपालबाट प्रकाशित हुने सबैजसो लोकप्रिय मिडियामा प्रकाशित छन् ।

उहाँको हाइकूमा विशेषज्ञताका कारण नै विश्व हाइकू संघको कार्यकारी सदस्यमा चयन हुनुभएको थियो । उहाँ सन् २०१८ देखि २०२० सम्मको २० औँ कार्यकारी समितिको सदस्यका रूपमा चयन हुनुभएको थियो ।

यसका अतिरिक्त उहाँ टोक्योस्थित मेइजी विशवविद्यालयमा आयोजना हुन लागेको विश्व हाइकु सम्मेलन कार्यक्रमको मूल आयोजक समितिमा समेत हुनुहुन्छ ।

उहाँ जापानको राष्ट्रिय हाइजिन (हाइकु कवि)का रूपमा प्रवेश पाउने पहिलो नेपाली र पहिलो विदेशी समेत हुनुभएको थियो ।

डेढ दशकअघि विद्यार्थी भिसामा जापान पुग्नुभएका पौडेल सफल रेस्टुराँ सञ्चालक समेत हुनुहुन्छ । उहाँको हजार हाइकू पुस्तक प्रकाशित छ ।

उहाँको अन्तर्वार्ता यहाँ पढ्नुहोस्ः

कोरोनाबाट मुक्त भएँ, अनुज पुस्तालाई माया गर्नुको कारण त्यो होइन – प्रकाश पौडेल | साहित्यपोस्ट (sahityapost.com)

रमेश विकलमाथि उहाँले लेख्नु भएको आलेख यहाँ पढ्नुहोस्ः

नाति पुस्ताका हामी अनुयायी | साहित्यपोस्ट (sahityapost.com)

बेलायतमा सम्पन्न साहित्य सम्मेलनको अनुभव र अनुभूति यहाँ पढ्नुहोस्ः

छैटौँ सम्मेलनमा बेलायती अनुभव | साहित्यपोस्ट (sahityapost.com)