साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

ग्वंग सिरपाःपुरस्कार स्थापना

विगत छ दशकदेखि आत्मपरक निबन्ध र संस्कृतिका विषयमा निरन्तर लेखिरहेका वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले ‘ग्वंग सिरपाः पुरस्कार’ प्रदान गर्नुहुने भएको छ । पुरस्कार व्यवस्थाका लागि उहाँले पाँच लाखको अक्षयकोषको व्यवस्था गर्नुभएको छ ।

प्रत्येक वर्ष एक जना गद्य लेखकलाई रु २१ हजार एकसय र वर्षभरि प्रकाशित आत्मपरक निबन्ध कृतिहरुमध्ये उत्कृष्ट निबन्ध कृतिलाई रु१५ हजार ५सय नगदराशि सहितका पुरस्कार कात्तिक महिनामा प्रदान गरिने भएको उहाँका सुपुत्र सन्जीवबाबु ग्वंगले बताउनु भएको छ ।

प्रतिक्रिया
Loading...