बालबालिकाका लागि लेखिएका छ वटा कथाहरु संकलित ‘साधनको रुख’ बजारमा आएको छ ।
लेखक दुर्गा ढेँगाको ‘साधनको रुख’मा ‘भिरबाट हाम फाल्ने दाजुभाइ’, ‘कुखुरा चोरको दसा’, ‘एक गेडा चामलको भात’ लगायत ६ वटा कथा छन् ।
यो कथासङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो । घरमा एउटा मात्र बन्चरो थियो । बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो । दुई दाजुभाइलाई नै हलो चाहिएको थियो । हलोको लागि साधनको रुख चाहिन्थ्यो ।
साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ । रुख काट्दा तलतिर झर्छन् । तर उनीहरुले त्यो रुख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन् ।
यस कथासङग्रहमा अरु पनि यस्तै रोचक लोककथाहरु छन् । ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ ।
कथालयबाट प्रकाशित यस कथा स्रंगहका चित्राङ्कनकर्ता यज्जू मानन्धर हुन् । २५ पृष्ठको यस पुस्तकको मूल्य १२५ रुपैयाँ तोकिएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।