साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्यानमारमा भइरहेको नरसंहारका विरुद्धमा नेपाली लेखक सङ्घ

कवि श्रवण मुकारुङ कविता बिसे नगर्चीको बयान वाचन गर्दै

दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारमा जननिर्वाचित सरकारलाई अपदस्त गर्दै भएको सैनिक ‘कु’पछि विगत डेढ महिनादेखि नागरिक आन्दोलन चलिरहेको छ । सैनिक सरकारले उक्त शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाइरहेको छ । म्यानमारका जनताको पक्षमा संसारभरिबाट समर्थन र सहानुभूतिहरु प्रकट भइरहेका छन् ।

यसै सन्दर्भमा नेपालको पुरानो साहित्यिक संस्था नेपाली लेखक सङ्घले शान्तिपूर्ण आन्दोलनमाथि भइरहेको बर्बर दमनको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ ।

म्यानमार सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर लोकतन्त्रमाथि धावा बोलेको र जुलुसमाथि गोली चलाएर मानव अधिकारको हनन गरेको दाबी विज्ञप्तिमा गरिएको छ ।

सेनाले मच्चारहेको रक्तपातको जति निन्दा गरे पनि कम हुन्छ विज्ञप्तिमा भनिएको छ । सङ्घका अध्यक्ष श्रवण मुकारुङद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमार्फत् नेपाली लेखक सङ्घले म्यानमारका जनताले सुरु गरेको अधिकारको आन्दोलनमा ऐक्यबद्धता पनि जनाएको छ ।

प्रतिक्रिया
Loading...