आफ्नो जन्मदिनको अवसर पारेर डा. वीरेन्द्र केसीले प्रथम कविता संग्रह ‘आमाको काखमा दुखेको देश’को आवरण अनावरण गर्नुभएको छ ।
केही वर्षदेखि न्युजिल्यान्ड बस्दै आउनुभएका दाङका केसीले बाल्यकालदेखिको कविता संग्रह निकाल्ने सपना पूरा गर्न लाग्नु भएको हो ।
स्कुले जीवनदेखि नै कविताहरू लेख्नु भएका उहाँले न्युजिल्यान्डलाई कर्मथलो बनाएपछि भने काव्यकारितालाई तीव्र बनाउनुभएको हो ।
डा. केसीले सिँचाइमा पिएचडी गर्नुभएको छ भने हाल न्युजिल्यान्डको सिँचाइसम्बन्धी अनुसन्धान लिमिटेडमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाली साहित्य समाज न्युजिल्यान्डका उपाध्यक्षसमेत हुनुहुन्छ ।
कविता संग्रहलाई उहाँले आफ्ना मातापिता लीलाकुमारी तथा घनश्याम केसीप्रति समर्पित गर्नुभएको छ भने प्रकाशन कार्यमा उहाँका सासूससुरा कमला र कमल केसीले सहयोग गर्नुभएको छ ।
पुस्तकलाई साहित्यपोस्ट समूहले बजारमा ल्याएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।