साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मही पार्ने रहर प्रकाशित

इन्द्रप्रसाद अधिकारीको लेखन र हिसिला महर्जनको चित्राङ्कन रहेको ‘मही पार्ने रहर’ शीर्षकको चित्रकथा प्रकाशित भएको छ ।

‘मही पार्ने रहर’ श्यामुको कथा हो । श्यामुलाई बाबाले मही पारेको देख्दा निक्कै रमाइलो लाग्छ । उनलाई पनि बाबा र दाइले जस्तै ठेकीमा मदानी हालेर घार्रघुर्र पारेर मही पार्न मन छ ।

उनी मही पार्न अनेक प्रयास गर्छन् । कहिले नेथी चुँडिएर त कहिले हात ठोक्किएर उनी जहिले आत्तिन्छन् । तर हार भने मान्दैनन् । उनलाई आमाले मही पार्न सिकाउँछिन् ।

आमाले सिकाएको कुरालाई ध्यान दिएर मही पार्न सिक्न थाल्छन् । अनि एक दिन आफैं पनि राम्रोसँग मही पार्न सिक्छन् । मही पार्न सिकेपछि उनी कुनै खेलाडीले खेल जितेसरह दंग पर्छन् ।

श्यामुको यो कथाले बालबालिकाको नयाँ कुरा सिक्ने रहरलाई रमाइलो तरिकाले देखाएको छ। कथालयले प्रकाशनमा ल्याएको २४ पृष्ठको ‘मही पार्ने रहर’ को मूल्य दुई सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया
Loading...