साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘बद्री दाइ’ लोकार्पित

Chovar Blues Mobile Size

समाजसेवी बद्रीबहादुर मास्केको जीवनकथामा आधारित पुस्तक ‘बद्री दाइ’ आज एक समारोहका बीच लोकार्पण भएको छ ।

पाटनको बखुंमबहालस्थित सत्यमोहन लोक साहित्यिक भवनमा प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशी, लेखनकुन्जका अध्यक्ष कमल ढकाल, बद्रीबहादुर मास्के र उहाँकी धर्मपत्नी चित्रा मास्केले संयुक्त रूपमा सो पुस्तक लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले बद्रीबहादुर मास्केको पुस्तक गोरखाको मात्र नभएर समग्र राष्ट्रको भएको बताउँदै भन्नुभयो, “एक मान्छेले निष्ठापूर्वक काम गर्दै जाँदा थाहै नपाई उसको व्यक्तित्व र लिडरसिप बनिरहेको मैले बद्री दाइमा पाएँ ।”

जोशीले प्रस्तुत पुस्तकले बायोग्राफी भित्रको “ट्राभलग”को बारेमा पनि व्याख्या गरेको बताउनु भयो ।

कार्यक्रममा लेखन कुन्जका अध्यक्ष कमल ढकालले पुर्खाको इतिहासले पुस्ता बदल्न घोष्ट राइटिङ लागिपरेको र यो आफूहरुको १ सय १३ औँ पुस्तक भएको बताउँदै भन्नुभयो, “समाजका जात, वर्ग, क्षेत्र, लिंग, वर्ण, सम्प्रदायको पुस्तक हामी लेखिरहेका छौँ । यसै परिप्रेक्ष्यमा बद्री दाइलाई पाएका छौँ ।”

sagarmani mobile size

कार्यक्रममा बद्रीबहादुर मास्केले घोष्ट राइटिङ् नेपालको लेखन तथा संयोजनमा निक्लेको प्रस्तुत पुस्तकले आफूलाई समेत प्रेरणा थपेको बताउँदै घोष्ट राइटिङ्ले सयौँ जनासँग अन्तवार्ता गरी र पटक पटक आफ्नो अन्तर्वार्ता गरी तयार पारेको यो पुस्तकले मलाई नै प्रेरणा थपेको छ ।”

कार्यक्रममा लेखकका साथी केशव मरहट्ठा, किरण बाबु श्रेष्ठ, शिव अर्याल, भूमि देवकोटा, गणेशमान श्रेष्ठ, विनोद अर्याल लगायतले बद्रीबहादुर मास्केलाई शुभकामना दिनु भएको थियो ।

तीन पुस्ताले नै दाइ भन्ने हुनाले नाममा आधारित पुस्तकको नाम बद्री दाइ राखिएको कार्यक्रमको उद्घोषक सिर्जना शर्माले बताउनु भएको थियो ।

प्रतिक्रिया
Loading...