करिब तीन दशकदेखि स्वास्थ्य क्षेत्रको खोजमूलक पत्रकारिता, पुस्तक लेखन र सम्पादनमा सक्रिय कथाकार लक्ष्मण अधिकारीको पहिलो साहित्यिक कृतिका रुपमा कथा सङ्ग्रह ‘मर्फिन’ बजारमा आएको छ ।
एक्काइस वटा कथा सङ्ग्रहित यस कृतिका सबै कथाहरू स्वास्थ्य विषयसँग मात्रै सम्बन्धित छन् । सम्भवतः नेपाली कथा साहित्यमा एउटै विषयमाथि लेखिएको सिङ्गो सङ्ग्रह यो नै पहिलो हो । सबै कथाहरू डाक्टर, नर्स, अस्पताल, बिरामी, औषधी लगायत त्यस क्षेत्रसम्बन्धी विषयका वरिपरि घुमेका छन् ।
स्वास्थ्य जगतका विकृति, विसंगति, कमजोरी, बदमासी, दुर्बल तथा सवल पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । त्यसैले यी कथा प्रत्येक बिरामीले, सम्भावित बिरामीले, प्रत्येक स्वास्थ्यकर्मीले, प्रत्येक स्वास्थ्य व्यवशायीले आर्थात् हरेक व्यक्तिले पढ्नैपर्ने खालका छन् । अनुसन्धानमूलक पत्रकारिता गरेका कथाकारले गहिरो अनुसन्धान गरेर नजिकबाट देखेका, भोगेका, तथ्यहरूमा आधारित रहेर लेखिएका यी कथाहरू स्वास्थ्य क्षेत्रका विविध विषयहरूलाई उद्घाटन गर्ने आधिकारिक कथाहरू भन्न सकिन्छ । मञ्जरी प्रकाशनद्वारा बजारमा ल्याइएको २२० पृष्ठको कथा संग्रह मर्फिन को मूल्य रु तीन सय पचास रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।