साहित्यपोस्टद्वारा प्रकाशित तथा कथाकार पूर्ण ओलीको कथासंग्रह ‘यालमाया’ आज एक समारोहका बीच विमोचन गरियो ।
साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षता तथा प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यतामा ओलीको यालमायासँगै अर्को एक कथा संग्रह ‘जितौरी’ पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा पत्रकार तथा साहित्यकार अश्विनी कोइराला, मनोहर लामिछाने र डा. रजनी ढकालले विमोचित कथासंग्रहबारे समीक्षा गरेका थिए ।
साे अवसरमा पूर्व गृहमन्त्री जनार्दन शर्मा लगायत अन्य वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
